बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भारतसँगको खेल बहिस्कार गर्ने निर्णय फिर्ता लिन पाकिस्तानलाई श्रीलंकाको आग्रह

शुक्रबार, २३ माघ २०८२, १३ : ४०
शुक्रबार, २३ माघ २०८२

सारांश

  • श्रीलंका क्रिकेट बोर्डले पाकिस्तानलाई भारतसँगको खेलमा पुनर्विचार गर्न आग्रह गरेको छ।
  • बंगलादेशलाई समर्थन जनाउँदै पाकिस्तानले भारतसँग टी-२० विश्वकपको खेल बहिष्कार गरेको हो।
  • श्रीलंकाले खेल बहिष्कारले पर्यटन र अर्थतन्त्रमा असर गर्ने भन्दै पाकिस्तानलाई आग्रह गरेको छ।

कोलम्बो । श्रीलंका क्रिकेट बोर्डले बिहीबार पाकिस्तानलाई भारतसँगको पहिलो चरणको खेल बहिस्कार गर्ने निर्णयमा पुनर्विचार गर्न विशेष आग्रह गरेको छ। 

टी-२० विश्वकपअन्तर्गत फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको भारत र पाकिस्तानबिचको भिडन्त नखेल्ने पाकिस्तानको निर्णयले क्रिकेट जगतमा नयाँ तरंग पैदा गरेको छ। बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राखिएको विरोधमा र बंगलादेशप्रति ऐक्यबद्धता जनाउन पाकिस्तानले भारतसँग नखेल्ने घोषणा गरेको हो।

भारतमा आफ्ना खेलहरू खेल्न अस्वीकार गरेपछि बंगलादेशलाई प्रतियोगिताबाट हटाइएको थियो। लामो समयदेखि द्विपक्षीय सिरिज नखेलेका यी दुई चिरपरिचित प्रतिद्वन्द्वीहरू केवल विश्वकप वा क्षेत्रीय प्रतियोगिताहरूमा मात्र आमनेसामने हुने गर्छन्।

श्रीलंका क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डलाई पठाएको पत्रमा खेल बहिस्कार गर्दा श्रीलंकाको अर्थतन्त्र र पर्यटन क्षेत्रमा ठुलो धक्का लाग्ने चेतावनी दिएको छ। सन् २०२२ को आर्थिक संकटबाट भर्खरै तंग्रिँदै गरेको श्रीलंकाका लागि यो खेल पर्यटन प्रवर्द्धनको ठुलो अवसर थियो। पाकिस्तानको सहभागिता नहुँदा बोर्डले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने र पर्यटकहरूको आगमनमा समेत कमी आउने श्रीलंकाको भनाइ छ।

श्रीलंकाले विगतमा सुरक्षाका कारण अन्य देशहरूले पाकिस्तान जान नमान्दा आफूले त्यहाँको भ्रमण गरेर क्रिकेट पुनरुत्थानमा सघाएको स्मरण गराउँदै अहिलेको कठिन परिस्थितिमा साथ दिन पाकिस्तानलाई आग्रह गरेको छ। बोर्डले दुई देशबीचको पुरानो सम्बन्ध र समग्र क्रिकेटको हितलाई ध्यानमा राखेर भारतसँगको खेल खेल्न विशेष अनुरोध गरेको छ।

प्रतियोगिताअन्तर्गत भारतले शनिबार अमेरिकाविरुद्ध खेल्दै घरेलु मैदानमा आफ्नो यात्रा सुरु गर्दैछ भने पाकिस्तानले पनि शनिबार नै कोलम्बोमा नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्ने तालिका छ। समूह चरणको खेल बहिस्कार गर्ने अडान लिए पनि यदि नकआउट चरणमा भारतसँग भेट भयो भने के गर्ने भन्ने विषयमा पाकिस्तानले अहिलेसम्म ठोस निर्णय लिएको छैन। 

पाकिस्तानी कप्तान सलमान आगाले सेमिफाइनल वा फाइनलमा भारतसँग खेल्नुपर्ने अवस्था आएमा सरकारसँग सल्लाह गरेर मात्र निर्णय लिने बताएका छन्।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप