उपचार गराएर फर्किए भारतीय राजदूत
सारांश
- भारतीय राजदूत नवीन श्रीवास्तव उपचारपछि नेपाल फर्किएका छन्, जो हाइकिङका क्रममा अचेत भएका थिए।
- उनलाई काठमाडौँबाट हेलिकप्टरमार्फत ग्राण्डीमा लगिएको थियो र थप उपचारका लागि भारत लगिएको थियो।
- राजदूत श्रीवास्तवको तीन वर्षको कार्यकाल पुरा भइसकेको छ र नयाँ राजदूत नियुक्त नभएसम्म उनी नेपालमै रहनेछन्।
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपचार गराएर नेपाल फर्किएका छन् । गत मंसिर २७ गते काठमाडौँको चम्पादेवीमा हाइकिङ गएको बेला अचानक उनी अचेत भएका थिए ।
सोही दिन नेपालका सुरक्षाकर्मीले उद्धार गरी हेलिकप्टरमार्फत ग्राण्डीमा भर्ना गरिएको थियो । त्यहाँबाट उनी पुस ४ गते डिस्चार्ज भएका थिए ।
केही दिन इन्डियन हाउसमा आराम गरेर पुसको दोस्रो हप्ता थप उपचारका लागि उनी भारत गएका थिए । करिब डेढ महिनाको लामो उपचारपछि उनी नेपाल फर्केका हुन् ।
नेपालका लागि उनी २०७९ जेठमा राजदूतमा नियुक्त भएका थिए । उनको तीन वर्षको कार्यकाल पुरा भइसकेको छ । तर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भारतीय विदेश मन्त्रालयले नवीनलाई नै नियमित गरेको छ ।
राजदूत श्रीवास्तवको इच्छा पनि भारतीय विदेश मन्त्रालय फर्केर सचिवको पद सम्हाल्ने हो तर नयाँ राजदूत नियुक्त नभएको कारण उनी नेपालमै रोकिएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण