अध्यक्ष ओलीद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त
शुक्रबार, २३ माघ २०८२, १४ : ४५
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत बझाङबाट बैतडीमा जन्ती गएर दुलही लिएर फर्किंदै गर्दा भएको दुर्घटनामा १३ जनाको ज्यान गएको दुःखद खबरले मर्माहत भएको बताएका हुन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासमेत गरेका छन् । अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
हिजो बैतडी जिल्लाको पुर्चौडीमा भएको बस दुर्घटनामा १३ जनाको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सेनाद्वारा विद्यालयलाई शौचालय हस्तान्तरण
-
फरार दुई प्रतिवादी पक्राउ
-
पहिलो हाफ सकिँदा घानाविरुद्ध कोलम्बियाको १–० को अग्रता
-
बाँकेको ग्रामिण क्षेत्रका औषधि पसलको अनुगमन
-
कलाकर्मीका नजरमा बालेन सरकारको १०० दिन : कला क्षेत्रमा आशा गर्ने ठाउँ देखिए
-
फरफराइरहेको आँखामा हिर्काउँदा यी पुरुषको दृष्टि नै गुम्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण