आयाेगले एक हप्तामा सम्पादन गरेका यी हुन् मुख्य ६ कार्य
सारांश
- निर्वाचन आयोगले माघ १८ देखि २३ गतेसम्म सम्पादन भएका मुख्य कार्यहरू सार्वजनिक गरेको छ।
- आयोगले टिकटकसँग सहकार्य गर्दै मतदाता शिक्षा कार्यक्रम र स्वयंसेवक परिचालन गर्ने भएको छ।
- आयोगले मतपत्र छपाइ र आचारसंहिता अनुगमनलाई तीव्रता दिएको छ।
काठमाडाैँ । निर्वाचन आयोगले माघ १८ देखि २३ गतेसम्म सम्पादन भएका मुख्य–मुख्य कार्यहरू सार्वजनिक गरेको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत मुख्य–मुख्य कार्यहरू सार्वजनिक गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी अन्तर्गत डिजिटल प्लेटफर्म टिकटकसँग सहकार्यमा हस्ताक्षर सम्पन्न गरेको छ ।
आयोगले मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी प्रदेशस्तरमा अभिमुखीकरण कार्यक्रमसहित प्रत्येक वडास्तरमा स्वयंसेवक खटाउने तयारी गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारहरूको अन्तिम बन्दसूची प्रकाशन गर्नुका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शुक्रबार बिहान ८ बजेसम्म ७० निर्वाचन क्षेत्रका ८४ लाख ४० हजार मतपत्र छपाइ सकिएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन एवं अनुपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूलाई सक्रिय पारिएको प्रवक्ता भट्टराईले बताए ।
आयोगले माघ १८ देखि २३ गतेसम्म सम्पादन गरेका मुख्य–मुख्य कार्यहरू
- मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत
- मतपत्र छपाई र प्याकिङ्ग
- डिजिटल प्लेटफर्मसँग सहकार्य
- हानिकारक सूचना पहिचान र कारबाही सिफारिस
- निर्वाचन आचारसंहिताको कार्यान्वयनको अनुगमन र नियमन
- समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण