नयाँ भवनको काम समयमै सक्न अध्यक्ष दाहालको निर्देशन
काठमाडौँ । सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको कामलाई तीव्रता दिँदै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारमा निर्माण व्यवसायी र सहरी विकास मन्त्रालयका पदाधिकारीहरूसँग संयुक्त छलफल गर्दै उनले बाँकी रहेका कामहरू कुनै पनि बहानामा नरोकी शीघ्र सक्न निर्देशन दिएका हुन् ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार अध्यक्ष दाहालले भवन निर्माणमा देखिएका अवरोध हटाएर कामलाई गति दिन आग्रह गरेका छन्। छलफलका क्रममा निर्माण पक्षले हालसम्म आयोजनाको करिब ९३ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी गराएको छ ।
निर्माण व्यवसायी र मन्त्रालयका अधिकारीहरूले आगामी चैतको पहिलो हप्तासम्ममा प्रतिनिधिसभाको बैठक बस्न मिल्ने गरी न्यूनतम पूर्वाधार तयार पार्ने प्रतिबद्धता जनाएका छन्। अन्य सानातिना कामलाई थाती राखेर भए पनि मुख्य सभा कक्ष र आवश्यक अन्य संरचना चैतभित्रै उपलब्ध गराउने गरी काम भइरहेको जानकारी प्रवक्ता गिरीले दिए ।
अध्यक्ष दाहालले संसद् भवन निर्माणको प्रगतिका बारेमा अबदेखि हरेक हप्ता सचिवालयलाई जानकारी गराउनुपर्ने नियम समेत बसालेका छन्। कामको प्रभावकारिता जाँच्न सचिवालयको टोलीले निरन्तर रूपमा स्थलगत अवलोकन गर्ने र निर्माणको गुणस्तर तथा गतिमा कुनै सम्झौता नगर्ने स्पष्ट पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण