नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना : विजयी भवः
सारांश
- आज, नेपाली क्रिकेट टोलीले मुम्बईको वानखेडे स्टेडियममा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।
- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई शुभकामना दिँदै खेलमा सफलताको कामना गर्नुभएको छ।
- नेपालले टी२० विश्वकपमा आफ्नो दरिलो उपस्थिति देखाउने अवसरको रूपमा यो खेललाई लिएको छ।
काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ।
तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो।
यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली टोलीलाई विशेष शुभकामना सन्देश दिँदै हौसला बढाएकी छन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोलीले आज वानखेडेको मैदानमा नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति दिने विश्वास व्यक्त गरेकी छन्।
विश्वभर छरिएका नेपाली प्रशंसकको साथ र विगतका सफलताको ऊर्जा बोकेर मैदानमा उत्रिन लागेको नेपाली टोलीलाई उनले ‘विजयी भवः’ भन्दै सफलताको शुभकामना दिएकी छन्।
उनले लेखेकी छन्, ‘आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ। कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति। तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इंग्ल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिङ्गो राष्ट्रका तर्फबाट शुभकामना! विजयी भवः। अनि धेरै माया पनि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026