सूर्यकुमारले तोडे कोहलीको रेकर्ड
सारांश
- टी-२० विश्वकपमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै सुखद सुरुवात गर्यो।
- खेलमा सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गर्दै विराट कोहलीको कीर्तिमान तोडे।
- सूर्यकुमार टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक 'प्लेयर अफ द म्याच' जित्ने भारतीय खेलाडी बने।
मुम्बई । टी–२० विश्वकपमा भारतले सानदार सुरुवात गरेको छ। शनिबार मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा घरेलु टोली भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
भारतको यो जितमा कप्तान सूर्यकुमार यादव नायक बने। उनले ब्याटिङमा विष्फोटक प्रदर्शन मात्र गरेनन्, पूर्व कप्तान विराट कोहलीको लामो समयदेखिको कीर्तिमान समेत भंग गरे।
सूर्यकुमार टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै पटक ‘प्लेयर अफ द म्याच’ अवार्ड जित्ने भारतीय खेलाडी बनेका छन्। उनले १७औँ पटक यो अवार्ड हात पार्दै १६ पटक जितेका विराट कोहलीलाई उछिनेका हुन्। विश्वभरमा उनीभन्दा अगाडि मलेसियाका विरनदीप सिंह (२२) र जिम्बावेका सिकन्दर राजा (१९) मात्र छन्।
कप्तानका रूपमा विश्वकपको डेब्यु खेलमै अविजित ८४ रन जोडेका सूर्याले क्रिस गेलको सन् २००९ को कीर्तिमान नजिक पुग्दै विश्वकप डेब्युमा दोस्रो धेरै रन बनाउने कप्तानको सूचीमा आफ्नो नाम सुरक्षित गरे। यो स्कोर टी–२० विश्वकपमा कुनै पनि भारतीय ब्याटरले बनाएको चौथो उच्च व्यक्तिगत स्कोर समेत हो।
अर्कोतर्फ, अमेरिकाका मुख्य बलर सौरभ नेत्रावलकरका लागि भने यो खेल बिर्सनलायक रह्यो। उनले आफ्नो ४ ओभरको स्पेलमा ६५ रन खर्चिए, जुन टी–२० विश्वकपको इतिहासमा कुनै पनि बलरले खाएको सबैभन्दा धेरै रन हो।
यसअघि सनथ जयसूर्याले सन् २००७ मा पाकिस्तानविरुद्ध ६४ रन दिएका थिए। सूर्यकुमारले नेत्रावलकरको मात्र ८ बलको सामना गर्दै ३ चौका र ३ छक्काको मद्दतले ३१ रन प्रहार गरेपछि अमेरिकाको बलिङ लाइनअप ध्वस्त भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण