ललितपुर महानगरले शारदा पुस्तकालयलाई पुन: सञ्चालन गर्ने
काठमाडौँ । ललितपुर महानगरपालिकाले शारदा पुस्तकालयलाई पुन सञ्चालन गर्ने भएको छ ।
ललितपुर महानगरले आइतबार आयोजित ऐतिहासिक शारदा पुस्तकालय पुन: सञ्चालन सम्बन्धी छलफलमा महानगर प्रमुख महर्जनले शारदा पुस्तकालय सञ्चालन महानगरको नयाँ भवनमा सञ्चालन गरिने जानकारी दिए ।
२०४६ सालको जनआन्दोलन अघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालन भएको थियो ।
नगर प्रमुख महर्जनले भने, ‘ नगर पञ्चायतको भवनमै पुस्तकालय सञ्चालन भएकाले त्यो पुस्तकालय आन्दोलनका बेला ध्वस्त भयो । ’ लामो समयसम्म सञ्चालन नरहेको यो पुस्तकालयलाई अब महानगरले सञ्चालनमा ल्याउने नगर प्रमुख महर्जनले बताए । शारदा पुस्तकालयलाई पुन: सञ्चालनमा ल्याउनको लागि सत्यमोहन जोशीले पटक पटक सम्झाएको नगर प्रमुख महर्जनले स्मरण गरे । महानगरले सञ्चालन गर्ने शारदा पुस्तकालयले जेनजी पुस्ताको आवश्यकता र मागलाई समेत सम्बोधन गर्ने दाबी गरे ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले शारदा पुस्तकालय सञ्चालनको लागि आवश्यक कर्मचारी, नीति र नियम बनाएर अघि बढ्ने बताइन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले महानगरले सञ्चालन गर्ने पुस्तकालयलाई केन्द्रीय पुस्तकालयले हरतरहले सहयोग गर्ने बताए । उनले बालबालिका र ज्येष्ठ नागरिकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने प्रकृतिको पुस्तकालय बनाउनुपर्ने धारणा राखे ।
नेपाल राष्ट्रिय पुस्तकालयका सुजाता पौडेलले महानगरले सञ्चालन गर्ने पुस्तकालयलाई राष्ट्रिय पुस्तकालयले सञ्चालन गर्ने बताइन् । मदन पुस्तकालयका दीपक अर्यालले महानगरले सञ्चालन गर्ने शारदा पुस्तकालय कला, संस्कृति, सम्पदा र भाषामा केन्द्रित हुनुपर्ने बताए । यो पुस्तकालयलाई रिसर्च सेन्टरको रुपमा सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा पूर्वाधार विकास समिति संयोजक चन्द्रलाल महर्जन , सुशासन तथा संस्थागत विकास समितिका संयोजक श्री गोपाल महर्जन, शहरी योजना व्यवस्थापन समितिका संयोजक गणेश के.सीको उपस्थिति रहेको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ , निर्देशक देवप्रसाद गुरागाईँको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण