एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
सारांश
- जेफरी एपस्टिनसँगको सम्बन्धको कारण पिटर म्यान्डेलसनलाई राजदूत नियुक्त गरेपछि बेलायती प्रधानमन्त्रीका सहयोगीले राजीनामा दिए।
- मोर्गन म्याकस्वीनीले म्यान्डेलसनको नियुक्ति गलत भएको र यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए।
- म्याकस्वीनी सन् २०२४ को चुनावी विजय र लेबर पार्टीलाई मध्यमार्गी नीतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
काठमाडौँ । अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले आइतबार राजीनामा दिएका छन् ।
डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ मोर्गन म्याकस्वीनीले एक विज्ञप्तिमा भनेका छन्, “गहिरिएर सोचेपछि मैले सरकारबाट राजीनामा दिने निर्णय गरेको छु । पिटर मन्डेलसनलाई नियुक्त गर्ने निर्णय गलत थियो । उनले हाम्रो पार्टी, हाम्रो देश र राजनीतिमाथिको विश्वासलाई नै क्षति पुर्याउनु भएको छ ।
उनले भने, “मैले प्रधानमन्त्रीलाई त्यो नियुक्ति गर्न सल्लाह दिएको थिएँ र त्यो सल्लाहको पूर्ण जिम्मेवारी म लिन्छु ।”
आयरल्याण्डबासी म्याकस्वीनीले सन् २०२४ मा स्टार्मरको प्रभावशाली चुनावी विजयमा महत्त्वपूर्ण भूमिका खेलेका कारण उनलाई पछिल्लो समय बेलायती ‘राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्ति’ भनेर उल्लेख गर्ने गरिएको थियो ।
नेता जेरेमी कोर्बिनको दुर्भाग्यपूर्ण कार्यकालपछि लेबर पार्टीलाई मध्यमार्गी नीति एजेन्डामा लैजान सहयोग पुर्याउने श्रेय उनलाई दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण