मनाङमा ३० मेगावाटको म्यार्दी आयोजना निर्माण हुने
सारांश
- मनाङ र लमजुङको सिमानामा ३० मेगावाटको म्यार्दी जलविद्युत आयोजना बन्ने भएको छ।
- वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम सुरु गरेको छ।
- आयोजनाबाट वार्षिक १७३.४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने अनुमान छ।
काठमाडौँ । मनाङ जिल्लाको नासोङ गाउँपालिका र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिकको बिचमा कूल ३० मेगावाट क्षमताको म्यार्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना निर्माणको प्रक्रिया स्वरुप वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीको काम सुरु गरेको छ ।
म्यार्दी खोला हाइड्रोपावर कम्पन प्रालि आयोजनाको प्रस्तावक रहेको छ । आयोजना नदी प्रवाही प्रकृतिको रहेको छ । आयोजनाबाट वार्षिक रुमपा औसत एक सय ७३ दशमलव ४४ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने विश्वास लिइएको छ । आयोजनाबाट उत्पादित बिजुली १० किलोमिटर लामो एक सय ३२ केभी क्षमताको प्रसारण लाइन मार्फत धारापानीमा रहेको दुई सय २० केभी क्षमाको मनाङमा हवमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा पठाइनेछ ।
आयोजनाको कूल लागत रु तीन अर्ब ९० करोड ९७ लाख रहनेछ । यस आधारमा प्रतिमेगावाट लागत रु १३ करोड तीन लाख रहनेछ । वन तथा वातावरण मन्त्रालयले आयोजनाका कारण पर्न सक्ने सम्भावित वातावराीय प्रभावका बारेमा जानकारी दिन सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण