बजेट माग्न धाउने होइन, बजेट दिने नेता जिताउन प्रकाण्डको अपिल
सारांश
- माओवादी नेता प्रकाण्डले कालिकोटको विकासका लागि बजेट दिने क्षमताको नेता छान्नुपर्ने बताए।
- उनले विगतका नेताहरू बजेट माग्न सिंहदरबार धाउने गरेको टिप्पणी गर्दै आफ्नो सिधा पहुँच रहेको दाबी गरे।
- प्रकाण्डले भ्रष्ट र कमिसनखोरलाई बहिष्कार गरी सच्चा राष्ट्रवादी नेतालाई जिताउन आग्रह गरे।
कालिकोट । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले कालिकोटको विकासका लागि बजेट माग्न सिंहदरबार धाउने नभई बजेट दिने क्षमता भएको नेता छान्न जनतालाई आग्रह गरेका छन्। आइतबार खाँडाचक्र नगरपालिकाका विभिन्न स्थानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रकाण्डले विगतमा कालिकोटबाट जितेर जाने नेताहरू मन्त्री र प्रधानमन्त्री भेट्न महिनौँ कुर्नुपर्ने अवस्थामा रहेको टिप्पणी गरे। ‘बजेट माग्न लाइन लाग्ने नेताले जिल्लाको विकास गर्न सक्दैनन्, हाम्रो राष्ट्रिय राजनीतिमा सिधा पहुँच छ,’ उनले भने, ‘हामीलाई कसैलाई भेट्न कुर्नु पर्दैन, हामी सिधै बजेट दिने ठाउँमा पहुँच राख्छौँ, अनि मात्र कालिकोट र समग्र कर्णालीको मुहार फेरिन्छ।’
कालिकोट सामान्य जिल्ला नभएर राष्ट्रिय राजनीतिमा बलियो प्रभाव राख्ने जिल्ला भएको उनले दाबी गरे। उनले २०६४ सालको संविधानसभाको प्रसङ्ग निकाल्दै जनताको संविधान बनाउन आफूले ठुलो सङ्घर्ष गरेको र त्यस बेला संविधानसभाको ‘हत्या’ गरिएको आरोप समेत लगाए।
माओवादी आन्दोलन र जनयुद्धका उपलब्धिलाई रक्षा गर्न आफूले पार्टीभित्र र बाहिर निरन्तर लडाइँ लडेको उनको भनाइ थियो। यो चुनाव विगतको भन्दा फरक रहेको भन्दै उनले भ्रष्ट र कमिसनखोरहरूलाई बहिष्कार गरी सच्चा राष्ट्रवादी र जनताको नेतालाई जिताउन अपिल गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण