एन्ड्रिउले एपस्टिनलाई गोप्य कूटनीतिक जानकारी दिएको खुलासा
सारांश
- जेफ्री एप्स्टिनसँग सम्बन्धित नयाँ फाइलहरूमा राजकुमार एन्ड्र्यूले गोप्य जानकारी पठाएको खुलासा भएको छ।
- एन्ड्र्यूले व्यापार दूतको रूपमा काम गर्दा एप्स्टिनलाई सरकारी विवरण, प्रतिवेदन र लगानीसम्बन्धी जानकारी पठाएका थिए।
- यस घटनाले बेलायतमा राजपरिवार र सरकारी अधिकारीहरूको आचरणबारे बहस सिर्जना गरेको छ।
लन्डन । अमेरिकी यौन दूराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ नयाँ फाइलहरू बाहिर आएसँगै यसले विश्वभर तरंग उत्पन्न गरिरहेको छ । हालै सार्वजनिक भएका कागजातले बेलायतका पूर्व राजकुमार एन्ड्र्यू माउन्टब्याटन–विन्डसरले २०१०–२०११ मा व्यापार दूतका रूपमा काम गर्दा गोप्य सरकारी जानकारी जानाजानी एपस्टिनलाई दिएको देखाएको बीबीसीले जनाएको छ ।
सार्वजनिक भएका इमेलहरूअनुसार, एन्ड्रियूले आफ्नो आधिकारिक विदेश भ्रमणका विवरण, गोप्य प्रतिवेदन र सम्भावित लगानीका संवेदनशील जानकारीहरू एपस्टिनलाई पठाएका थिए । सरकारी नियमअनुसार व्यापार दूतहरूले यस्ता राजनीतिक र व्यावसायिक सूचनाहरू कडाइका साथ गोप्य राख्नुपर्ने हुन्छ ।
फाइलहरूमा देखिएअनुसार २०१० को अक्टोबर ७ मा एन्ड्रियूले एप्स्टिनलाई सिंगापुर, भियतनाम, चीनको सेन्जेन र हङकङ भ्रमणको आधिकारिक तालिका पठाएका थिए । ती भ्रमणहरूमा एप्स्टिनसँग जोडिएका व्यवसायीहरू पनि उनीसँगै थिए ।
२०१० को नोभेम्बर १० मा भने उनले आफ्ना तत्कालीन विशेष सहायक अमित पटेलबाट प्राप्त आधिकारिक भ्रमण प्रतिवेदन प्राप्त गरेको पाँच मिनेटमै एप्स्टिनलाई फर्वार्ड गरेको देखिन्छ । एन्ड्रियू सन् २००१ देखि २०११ सम्म बेलायती व्यापार दूत थिए । बीबीसीका अनुसार उनलाई यस विषयमा प्रतिक्रिया दिन सम्पर्क गरिएको भए पनि उनले अहिलेसम्म जवाफ दिएका छैनन् ।
पूर्व ड्युक अफ योर्क एन्ड्रियूले बारम्बार आफूले कुनै गलत काम नगरेको दाबी गर्दै आएका छन् । एपस्टिन फाइलमा नाम देखिनु आफैँमा कानुनी अपराधको प्रमाण होइन । तर यस खुलासाले बेलायतमा राजपरिवार र सरकारी भूमिकामा रहेकाहरूको आचरणबारे नयाँ बहस सुरु गरेको छ । आलोचकहरूले यसलाई गम्भीर नैतिक र कूटनीतिक उल्लङ्घन भनेका छन् भने समर्थकहरूले थप प्रमाण आवश्यक रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण