चुनावी एजेन्डा संकलन गर्दै घिमिरे, मागे सुझाव
सारांश
- देवराज घिमिरेले झापा क्षेत्र नं. २ मा चुनावी अभियानलाई प्रविधिमैत्री बनाएका छन्।
- उनले मतदाताको सुझावका लागि क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गरेका छन्।
- घिमिरेले आगामी कार्यकालको प्रतिबद्धता पत्रमा जनताका समस्या समेट्ने बताए।
काठमाडौँ । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका देवराज घिमिरेले आफ्नो चुनावी अभियान प्रविधिमैत्री भएकाे बताएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।
घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं.२ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।
घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२–८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो । ‘झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ’ घिमिरेको सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।
गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएपछि सभामुख बनेका घिमिरेलाई यसपटक ‘अनुभवी’ र ’प्रविधिमैत्री’ उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ । उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण