पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
सारांश
- सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध १ करोड ८ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
- सोडारीले मुख्यमन्त्री हुँदा परिवारको नाममा सम्पत्ति जोडेको आरोप लागेको छ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पक्षबाट मुद्दाको सुनुवाइ स्थगित गराइएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ जेठ १९ गते सोडारीविरुद्ध १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पदीय मर्यादाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
२०७४ सालमा मुख्यमन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कुल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए। तर पदमा रहँदा शक्तिको दुरुपयोग गरी १ करोड ८ लाख ३८ हजार ३५७ रुपैयाँ ५७ पैसा अकूत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।
अभियोगपत्रअनुसार सोडारीले मुख्यमन्त्री हुँदा पदको दुरुपयोग गरी श्रीमती गीता सोडारी र छोरा बबिको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक मौज्दात बढाएको देखिएको छ। उनले जग्गा खरिद, घर निर्माण, भित्री सजावट, छोरीको अध्ययन खर्च, छोराको विवाह खर्च, सेयर लगानी र चुनाव खर्चलगायत शीर्षकमा कुल १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ ४९ पैसा खर्च गरेको उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण