फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम
सोमबार, २६ माघ २०८२, १७ : ४२
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ।
- आयोगले मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व र मतदान विधिबारे जानकारी गराउनेछ।
- मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउन घरदैलो र विद्यालयस्तरमा स्वयंसेवक परिचालन गरिनेछ।
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । आयोगले मतदाता शिक्षा कार्यक्रममार्फत निर्वाचन प्रक्रिया, मताधिकारको महत्त्व तथा मतदान विधिबारे समयमै जानकारी गराउन मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत गरेर सञ्चालन गर्न लागेको हो ।
आयोगले आमसञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गर्ने जनाएको छ । ‘देशभरका नगरपालिका तथा गाउँपालिकाका जम्मा ६७४३ वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ’, निर्वाचन आयोगले भनेको छ ।
उक्त कार्यक्रम प्रभावकारी बनाउन घरदैलो तथा विद्यालयस्तरमा स्वयंसेवक परिचालन गर्ने आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण