टी–२० विश्वकपमा भारतविरुद्ध खेल्ने पाकिस्तानको निर्णय
सारांश
- पाकिस्तानले भारतविरुद्धको टी-२० विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ।
- भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने भएको छ।
- विभिन्न देशहरूले आर्थिक असरको कारण देखाउँदै पाकिस्तानलाई खेल बहिष्कार नगर्न आग्रह गरेका थिए।
काठमाडौँ। पाकिस्तानले भारतविरुद्धको टी–२० विश्वकप खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । पाकिस्तान सरकारले सोमबार राति औपचारिक रूपमा भारतविरुद्धको निर्धारित खेल खेल्न राष्ट्रिय टोलीलाई निर्देशन दिएको हो ।
यससँगै टी–२० विश्वकपको सबैभन्दा धेरै प्रतीक्षा गरिएको भारत–पाकिस्तान भिडन्त फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने भएको छ ।
पाकिस्तान सरकारको विज्ञप्तिमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी), पाकिस्तान क्रिकेट बोर्ड र बंगलादेश क्रिकेट बोर्ड बिच भएको बहुपक्षीय छलफल सकारात्मक भएको उल्लेख गरिएको छ । साथै श्रीलंका र युएईसहित विभिन्न देशहरूले आर्थिक असरको कारण देखाउँदै पाकिस्तानलाई खेल बहिष्कार नगर्न आग्रह गरेको जनाइएको छ । यस विषयमा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र श्रीलंकाका राष्ट्रपति कुमारा दिसानायकेबीच पनि कुराकानी भएको बताइएको छ ।
यसअघि पाकिस्तानले बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइएपछि भारतविरुद्ध खेल बहिष्कार गर्ने संकेत दिएको थियो । तर आईसीसीले बंगलादेशमाथि कुनै कारबाही नगर्ने निर्णय गरेपछि स्थिति सहज बनेको हो ।
सबै सदस्य राष्ट्रहरूले प्रतियोगितामा गरेको प्रतिबद्धता पालना गर्ने र टी–२० विश्वकप सफल बनाउन एकताबद्ध रूपमा अघि बढ्ने सहमति भएको समाचार क्रिकइन्फोले प्रकाशित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026