भाइ एन्ड्रयूमाथि अनुसन्धानमा प्रहरीलाई सघाउन राजा चार्ल्स तयार
सारांश
- राजा चार्ल्स तृतीयले भाइ एन्ड्रयूविरुद्धको आरोपमा बेलायती प्रहरीलाई सहयोग गर्ने बताएका छन्।
- एन्ड्रयूले गोप्य सरकारी सामग्री एपस्टिनलाई पठाएको आरोप लागेपछि छानबिन सुरु भएको छ।
- बेलायतमा एपस्टिनसँग जोडिएका उच्च पदस्थ व्यक्तिहरू पनि दबाबमा परेका छन्।
लन्डन । बेलायतका राजा चार्ल्स तृतीयले आफ्ना भाइ एन्ड्रयू माउन्टब्याटन–विन्डसरविरुद्ध उठेका आरोपको मूल्याङ्कन गरिरहेका बेलायती प्रहरीलाई आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् । अमेरिकी न्याय मन्त्रालयले हालै सार्वजनिक गरेको दिवङ्गत यौन दुराचारी जेफ्री एपस्टिनसम्बन्धी नयाँ कागजातहरूमा पूर्वराजकुमार एन्ड्रयूले सन् २०१० मा गोप्य सरकारी सामग्री एपस्टिनलाई पठाएको दाबी गरिएको छ । यसपछि उनीमाथि फेरि गम्भीर छानबिन सुरु भएको छ ।
बेलायती राजतन्त्रविरोधी संस्था रिपब्लिकका प्रमुख ग्राहम स्मिथले सोमबार एन्ड्रयूमाथि सार्वजनिक पदमा दुराचार र आधिकारिक गोप्यताको उल्लङ्घन गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए । ‘हामीले उजुरी प्राप्त गरेका छौँ र स्थापित प्रक्रियाअनुसार त्यसको मूल्याङ्कन गर्दैछौँ ।’ थेम्स भ्याली प्रहरीले सीएनएनलाई भनेको छ ।
‘माउन्टब्याटन–विन्डसरको आचरणबारे लगातार बाहिर आइरहेका आरोपप्रति राजा चाल्र्स गहिरो चिन्तित छन् । यदि प्रहरीले औपचारिक रूपमा सहयोग मागेमा हामी पूर्ण रूपमा सहकार्य गर्नेछौँ ।’ यसै दिन बकिङ्घम प्यालेसका प्रवक्ताले भनेका छन् ।
एन्ड्रयूले यसअघि एपस्टिनसँगको सम्बन्धमा कुनै गलत काम नगरेको बताएका थिए । तर नयाँ आरोपबारे उनले सार्वजनिक प्रतिक्रिया दिएका छैनन् । यसबिच बेलायतमा एपस्टिनसँग जोडिएका अन्य उच्च पदस्थ व्यक्तिहरू पनि दबाबमा परेका छन् । पूर्वअमेरिकी राजदूत पिटर म्यान्डेल्सनले गत साता हाउस अफ लड्र्स छोडेका थिए, र प्रहरीले शुक्रबार उनीसँग जोडिएका दुई सम्पत्तिमा छापा मारेको छ । एपस्टिन प्रकरणले फेरि बेलायती राजतन्त्र र राजनीतिक वृत्तलाई विवादमा तानेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण