वेब समिट कतार २०२६ मा नेपाली स्टार्टअप ‘टिङ टिङ’
सारांश
- टिङ टिङ, एआईमा आधारित नेपाली स्टार्टअप, वेब समिट कतार २०२६ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भयो।
- स्टार्टअपले 'रिरि' भ्वाइस इन्जिन र 'अण्डरस्ट्यान्डिङ इन्जिन' प्रदर्शन गर्यो, जसले अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको ध्यान आकर्षित गर्यो।
- कम्पनीले नेपाली भाषामा केन्द्रित एआई समाधान विकास गरेको छ र अन्य भाषाहरूमा विस्तार गर्ने योजना बनाएको छ।
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नेपाली सञ्चार स्टार्टअप ‘टिङ टिङ’ले विश्वचर्चित प्रविधि सम्मेलन वेब समिट कतार २०२६ मा सफलतापूर्वक आफ्नो सहभागिता जनाएको छ। विश्वभरका प्रविधि क्षेत्रका हस्ती, लगानीकर्ता र नवीन सोच भएका उद्यमीहरू सहभागी उक्त प्रतिष्ठित कार्यक्रममा नेपालको तर्फबाट एक्लो प्रतिनिधिको रूपमा टिङ टिङले आफ्नो प्रविधि प्रदर्शन गरेको हो।
दोहामा सम्पन्न चार दिने यस सम्मेलनमा १२० देशका १६ सयभन्दा बढी स्टार्टअप र ७ सयभन्दा बढी विश्वस्तरीय लगानीकर्ताहरूको उपस्थिति रहेको थियो। नेपालमै निर्मित र प्रशिक्षित 'रिरि' भ्वाइस इन्जिन र यसको 'अण्डरस्ट्यान्डिङ इन्जिन' को प्राविधिक सक्षमताकै कारण हजारौँ आवेदकहरूमध्येबाट टिङ टिङ छनोटमा परेको थियो।
स्थापना भएको एक वर्ष पनि नपुग्दै यस कम्पनीले नेपालका ठूला बैंक, इन्टरनेट सेवा प्रदायक र सरकारी निकायहरूको जटिल सञ्चार प्रणाली व्यवस्थापन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेको छ। 'नेपालमा निर्मित, विश्वका लागि' भन्ने मूल दर्शनका साथ अघि बढेको यो कम्पनीले स्वदेशी प्रविधिलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने बाटो प्रशस्त गरेको छ।
सम्मेलनको मुख्य आकर्षण रहेको 'स्टार्टअप शोकेस' मा टिङ टिङकी इन्जिनियरिङ निर्देशक अन्जेलिका साहले कम्पनीको भिजन र प्रविधि प्रस्तुत गरेकी थिइन्। नेपाली भाषाका जटिलताहरूलाई सहजै समाधान गर्न सफल यो प्रविधिले हाल अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय भाषाहरूमा समेत विस्तार गर्ने तयारी गरिरहेको छ। सम्मेलनका क्रममा विभिन्न अन्तर्राष्ट्रिय साझेदार र लगानीकर्ताहरूले टिङ टिङको 'लोकलाइज्ड एआई' समाधानप्रति निकै चासो देखाएका छन्।
टिङ टिङले आवाज र टेक्स्ट दुवै माध्यमबाट ग्राहकसँग हुने हजारौँ कुराकानीलाई एकैसाथ र बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने गर्दछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण