मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
बस दुर्घटना अपडेट

तामाकोशी दुर्घटनामा १२ जनाको मृत्यु, ११ को सनाखत

मङ्गलबार, २७ माघ २०८२, १६ : ३५
मङ्गलबार, २७ माघ २०८२

सारांश

  • रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत भएको छ।
  • काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेको थियो।

काठमाडौँ । रामेछापको तामाकोशीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । 

मन्थली अस्पतालका अनुसार मृतक १२ मध्ये ११ जनाको पहिचान खुलेको छ । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा विशाल सुनुवार, भीमबहादुर तामाङ, बवि तामाङ, दिपेश बस्नेत, सानुमाया तामाङ, तारा तामाङ, मानबहादुर तामाङ, मनकुमारी बरुवाल,शिव श्रेष्ठ,रमिता तामाङ र दीपेन्द्र बस्नेत रहेका छन् । 

‘१२ वटा शव अस्पतालमा आएको छ, त्यसमध्ये एक जनाको नाम खुलेको छैन’, अस्पतालले भनेको छ ।  मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा उनीहरूको ज्यान गएको रामेछापका डीएसपी भोला भट्टले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार घाइते ८ जनाकाे उपचार भइरहेकाे छ।

 बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो । बस प्रहरीले चालकलाई पक्राउ गरेको छ । 

No description available. 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप