बस दुर्घटना
तामाकोशी दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ५ जना गम्भीर घाइते
मङ्गलबार, २७ माघ २०८२, १५ : १६
सारांश
- रामेछापको तामाकोशीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा घाइते भएका १२ जनामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।
- प्रहरीले चालकलाई पक्राउ गरेको छ र मृतकको सनाखत हुन बाँकी छ।
काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते १२ मध्ये ५ जना गम्भीर रहेका छन् । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक(डीएसपी) भोला भट्टले रातोपाटीलाई जानकारी दिए ।
चालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली अस्पतालले सात जनाको शव आइपुगेको जनाएको छ ।
काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस आज बिहान नदीमा खसेको थियो ।
मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण