विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह
रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरू रहेको बताउँदै उनले भ्रष्टाचारी, लुटेराहरूलाई कारबाही गर्नका लागि राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक रहेको उनले बताए ।
रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा मंगलबार चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।
रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरू छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरू छन् । भ्रष्टाचारी, लुटेरालाई कारबाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरू एकजुट हुन आवश्यक छ । हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यकता हो ।’
राम्रा मान्छेहरू एक ठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउँदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरू आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण