अख्तियारको स्थापना दिवसमा ४ पत्रकार पुरस्कृत
बुधबार, २८ माघ २०८२, ११ : २४
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत गरियो।
- उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरे।
- सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्याउने पत्रकारहरूलाई सम्मान गरिएको हो।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसमा ४ जना पत्रकार पुरस्कृत भएका छन् । ३५ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पत्रकारहरूलाई कदर पत्र प्रदान गरेका हुन् ।
अनलाइन सञ्चारमाध्यमबाट सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्ने उकालो डटकम वरिष्ठ संवाददाता दिपा दाहाल र नेपाल न्युजका विशेष संवाददाता खिलानाथ ढकाल पुरस्कृत भएका छन् । छापा माध्यमतर्फ नेपाल समाचार पत्रका सहायक सम्पादक सुनिल महर्जन र गोरखापत्रका मुगु समाचारदाता हरिकृष्ण ऐडी पुरस्कृत भएका छन् ।
लेख रचनामार्फत सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेलेका डा.दिपेश घिमिरेलाई पुरस्कृत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण