ट्रफी होइन, ‘म्यान अफ द म्याच’लाई लोकल कुखुरा
सारांश
- उत्तर प्रदेशको देवरिया जिल्लामा आयोजित क्रिकेट प्रतियोगितामा 'म्यान अफ द म्याच'लाई कुखुरा पुरस्कार दिइयो।
- महुआरी प्रिमियर लिगमा विजेता खेलाडीहरूले ट्रफी वा नगदको सट्टा जिउँदो कुखुरा उपहार पाए।
- यस अनौठो पुरस्कार वितरणले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ, जसलाई 'शुद्ध देसी प्रतियोगिता' भनिएको छ।
उत्तर प्रदेश । क्रिकेट मैदानमा खेलाडीले चम्किला ट्रफी, मेडल वा नगद पुरस्कार ग्रहण गरेको दृश्य सामान्यजस्तै हो । तर भारतको उत्तर प्रदेशस्थित देवरिया जिल्लामा आयोजित एक स्थानीय क्रिकेट प्रतियोगिताले भने पुरस्कारको परिभाषा नै फरक बनाइदिएको छ ।
यहाँ ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई ट्रफी वा नगद होइन, जिउँदो देसी कुखुरा प्रदान गरिएको छ।
देवरिया जिल्लाको पथरदेवा विधानसभा अन्तर्गत महुआरी गाउँमा आयोजित ‘महुआरी प्रिमियर लिग’ अहिले खेलभन्दा पनि आफ्नै अनौठो पुरस्कारका कारण सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
समाचारमा जनाइअनुसार उक्त प्रतियोगिता फेब्रुअरी १ देखि ८ सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा आसपासका गाउँका १६ टोलीले सहभागिता जनाएका थिए । खेलहरू उत्साहपूर्ण रूपमा सम्पन्न भए पनि पुरस्कार वितरण समारोहले सबैलाई चकित बनायो ।
आयोजकहरूले विजेता टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि लोकल कुखुराको व्यवस्था गरेका थिए । ‘म्यान अफ द म्याच’को नाम घोषणा हुनासाथ आयोजकहरू जिउँदो कुखुरा बोकेर मञ्चमा पुगेका थिए । पथरदेवा र बेलाहीका खेलाडीहरूले उक्त अनौठो पुरस्कार ग्रहण गरे, त्यतिबेला उपस्थित दर्शकहरू सुरुमा आश्चर्यचकित भए पनि केहीबेरमै मैदान हाँसो र तालीले गुञ्जिएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा खेलाडीहरू हातमा कुखुरा समातेर फोटो खिचाउँदै गरेको देख्न सकिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘शुद्ध देसी प्रतियोगिता’ भन्दै रमाइलो प्रतिक्रिया दिएका छन् ।
जहाँ आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटमा करोडौँ रुपैयाँको वर्षा हुन्छ, त्यहीं गाउँस्तरको यस प्रतियोगिताले आफ्नो सरलता र ‘अर्गानिक पुरस्कार’मार्फत फरक पहिचान बनाएको छ । भिडियो भाइरल भएसँगै टिप्पणी खण्डमा पनि प्रयोगकर्ताहरूले हाँस्यपूर्ण प्रतिक्रिया जनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण