अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेटभित्र ५ जनाभन्दा धेरै मानिस भेला हुन निषेध
सारांश
- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेट भित्र निषेधाज्ञा जारी गरेको छ।
- पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ फर्किने बेला प्रदर्शन हुन सक्ने भएकाले यो निषेधाज्ञा जारी गरिएको हो।
- निषेधाज्ञा एक महिनासम्म जारी रहनेछ, जसमा ५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने उल्लेख छ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेनगेटभन्दा भित्रको भागमा निषेधाज्ञा जारी गरेको छ । गोल्डेनगेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडकमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाडौँ फर्किँदा प्रदर्शन आयोजना गरिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले निषेधाज्ञा जारी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्र, अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्र र पार्किङ लगायतका स्थानमा ५ जनाभन्दा धेरै मानिस भेला जम्मा हुन पाइने छैन । सो निषेधाज्ञा आजदेखि १ महिनासम्म जारी रहने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।
पूर्वराजा अहिले झापामा छन् । उनी भोलि काठमाडौँ आउँदा राजावादीहरूले प्रदर्शन गर्न लागेका हुन् । चक्रपथ क्षेत्रमा भने अनुमति लिएर प्रदर्शन गर्न पाइने तर, सार्वजनिक सम्पत्ति तोडफोड गरेमा कारबाही हुने प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण