नेपालविरुद्ध पावरप्लेमा इटालीले विकेट नगुमाई बनायो ६८ रन
बिहीबार, २९ माघ २०८२, १७ : ३१
मुम्बई । ओपनरद्वय एन्थोनी मस्का र जस्टिन मस्काको उत्कृष्ट पार्टनरसिपको मद्दतमा इटालीले विना कुनै विकेटको क्षतिमा पावरप्लेमा नेपालविरुद्ध ६८ रन जोडेको छ ।
वाङ्खेडे स्टेडियममा १२४ रनको लक्ष्य पछ्याएको इटालीका लागि जस्टिन २१ मा ३७ तथा एन्थोनीले १५ मा ३० रन जोडेका छन् ।
दुई ओभर बलिङ गरेका करन केसीले २१ रन दिए भने दीपेन्द्रले १७ रन दिए । जम्मा १ ओभर बलिङ गरेका ललित राजवंशीले भने १९ रन दिए । त्यस्तै १ ओभर बलिङ गरेका सन्दीप लामिछाेनले १० रन खर्चिए ।
यसअघि नेपालले १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण