इटालीसँग १० विकेटले हारेपछि के भन्छन् कप्तान रोहित ?
काठमाडौँ । समूह ‘सी’ अन्तर्गत टी–२० विश्वकपमा नेपालले इटालीसँग १० विकेटको नमिठो हार बेहोरेपछि कप्तान रोहितकुमार पौडेलले टोलीको ब्याटिङ कमजोरी नै हारको मुख्य कारण भएको बताएका छन् ।
खेलपछिको कप्तान रोहितले इटालीले उत्कृष्ट खेल प्रस्तुत गरेको भन्दै प्रशंसा गरे । 'आज इटालीले राम्रो खेलेर जित्यो । विशेषगरी ब्याटिङमा हामीले धेरै कमजोरी देखायौं । सुरुमा ब्याटिङ गर्न गाह्रो थियो, तर १२३ रन लज्जाको विषय होइन । हामी ६०–७० रनमै अलआउट हुने अवस्थामा पुगेका थियौं, जुन हाम्रो खराब ब्याटिङकै कारण हो । यसलाई बहाना बनाउन मिल्दैन,' उनले भने ।
उनका अनुसार नेपाली ब्याटरहरूले पिच र कन्डिसनलाई सम्मान गर्न नसकेको र सुरुवातमा केही हतारो तथा जोखिमपूर्ण सट खेलेका कारण दबाब बढेको थियो ।
'मेरो विकेट नै खेलको टर्निङ प्वाइन्ट बन्यो । मैले र आसिफले राम्रो साझेदारी गरेका थियौं, तर म आउट भएपछि खेलको दिशा बदलियो,' रोहितले बताए ।
इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शनपछि यस्तो नतिजा आउनु निराशाजनक भएको उल्लेख गर्दै उनले टोलीले निरन्तर राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिए । 'आज हामीले आफूलाई प्रमाणित गर्ने अवसर गुमायौं । तर इटालीलाई पूर्ण श्रेय दिनुपर्छ, उनीहरूले साँच्चै राम्रो खेले,' उनले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण