शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘पावरप्लेमा राम्रो ब्याटिङ नहुनु र मध्यक्रममा छिटै विकेट जाँदा इटालीसँग हार्‍यौँ’

बिहीबार, २९ माघ २०८२, २१ : १०
बिहीबार, २९ माघ २०८२

काठमाडाैँ । टी २० विश्वकपअन्तर्गत इटालीसँग लज्जापूर्ण हारपछि नेपालका ब्याटर आरिफ शेखले पावरप्लेपछि मध्य क्रमले राम्रो ब्याटिङ गर्न नसक्नु नै हारको कारण रहेको बताएका छन् ।

भारतमा जारी विश्वकपको समूह ‘सी’ को दोस्रो खेलमा तुलनात्मक रूपमा कमजोरी मानिएको इटालीसँग नेपाल बिहीबार १० विकेटले पराजित हुन पुग्यो । त्यो हारपछि पत्रकार सम्मेलनमा आरिफले पावर प्लेमा राम्रो ब्याटिङ गर्न नसक्नु र मध्य क्रम पनि छिट्टै कोल्याप्स हुँदा नतिजा गुमाउनु परेको बताए।

तल्लो मध्यक्रममा लगातार विकेट छिटै गुमाएपछि खेलमा फर्कन नसकिएको उल्लेख गरे । उनले इटालीका स्पिनरले राम्रो बलिङ गरेको भन्दै तारिफ पनि गरे । ‘मध्य क्रममा मैले र दीपेन्द्र (सिंह ऐरी) ले इनिङ अगाडि बढाउन खोजेका हौँ । तर, दीपेन्द्र आउट भएपछि इनिङ धरासयी भयो । यहाँबाट हामी सम्हालिन  सकेनौँ,’आरिफले भने । उनले आगामी खेलमा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।

अब नेपालले समूहको तेस्रो खेलमा वेस्ट इन्डिज र अन्तिम खेलमा स्टकल्यान्डसँग खेल्नेछ । नेपालका स्पिनर सन्दीप लामिछाने आज खराब दिन बनेको उल्लेख गर्दै कमजोर लक्ष्य रक्षा गर्ने क्रममा छिटै विकेट निकाल्न असफल भएको प्रतिक्रिया दिए ।

‘न्यून लक्ष्य रक्षा गर्दा पहिलो ओभरदेखि नै उत्कृष्ट बलिङ गर्नुपर्छ । हाम्रा बलरसँग यो लक्ष्य पनि रक्षा गर्ने क्षमता पछि छ । तर, त्यस किसिमको प्रदर्शन आउन सकेन,’सन्दीपले भने, ‘यो खराब प्रदर्शनको जिम्मेवारी म पनि लिन्छु । इटाली आज राम्रो योजनामा आएको रहेछ । त्यसमा सफल पनि भयो । आज हाम्रो खराब दिन पनि रह्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप