कोपा डेल रे सेमिफाइनलमा एट्लेटिकोको शानदार प्रदर्शन, बार्सिलोनामाथि ४–० को फराकिलो जित
सारांश
- एट्लेटिको म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनालाई ४-० ले पराजित गर्यो।
- एट्लेटिकोले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै बार्सिलोनालाई दबाबमा राख्यो।
- बार्सिलोनाका एरिक गार्सियाले रातो कार्ड पाए, र दोस्रो लेगमा पुनरागमनका लागि चुनौती थपियो।
काठमाडाैँ। एट्लेटिको म्याड्रिडले शुक्रबार सम्पन्न कोपा डेल रेको सेमिफाइनल पहिलो लेगमा बार्सिलोना माथि ४–० को शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा उत्कृष्ट पहिलो हाफ प्रदर्शन गर्दै एट्लेटिकोले खेलको सुरुवातदेखि नै आक्रामक दबाब सिर्जना गरेको थियो ।
खेलको प्रारम्भमै बार्सिलोनाका एरिक गार्सियाको ब्याकपास गोलरक्षक जोआन गार्सियाको खुट्टामुनि हुँदै आत्मघाती गोलमा परिणत भएपछि एट्लेटिकोले अग्रता लिएको थियो । त्यसपछि १४औँ मिनेटमा प्रतियोगिताका सर्वाधिक गोलकर्ता एन्टोनी ग्रिजम्यानले आफ्नो पूर्वक्लबविरुद्ध गोल गर्दै अग्रता दोब्बर बनाए ।
३३ औँ मिनेटमा जुलियानो सिमेओनेको पासमा जुलियन अल्भारेजले बल अघि बढाउँदै अडेमोला लुकम्यानका लागि अवसर सिर्जना गरिदिए, जसलाई लुकम्यानले सहजै जाली चुमाउँदै तेस्रो गोलमा परिणत गरे । पहिलो हाफको अतिरिक्त समयमा अल्भारेजले लामो दूरीबाट शक्तिशाली प्रहार गर्दै चौथो गोल थपेपछि पहिलो हाफ नै एट्लेटिकोको पक्षमा एकतर्फी बनेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले केही सुधारिएको प्रदर्शन गरे पनि भाग्यले साथ दिएन । पाउ कुबार्सीले गरेको गोल ‘भिएआर’ को आठ मिनेट लामो जाँचपछि अफसाइड ठहरिँदै रद्द गरियो, जसले पाहुना टोलीको पुनरागमन प्रयासमा ठुलो धक्का पुर्यायो ।
खेलको अन्त्यतिर एरिक गार्सियाले एलेक्स बेनालाई फाउल गरेपछि रातो कार्ड पाउँदै मैदान बाहिरिए। त्यससँगै बार्सिलोना थप दबाबमा परेको थियो ।
गत वर्ष यही चरणमा बार्सिलोना विजयी हुँदै उपाधि उचाल्न सफल भएको थियो। तर यस पटक एट्लेटिकोले उत्कृष्ट प्रदर्शन गर्दै पराजयको बदला लिएको छ । अब दोस्रो लेग मार्च ३ मा बार्सिलोनाको मैदानमा हुनेछ, जहाँ पुनरागमनका लागि बार्सिलोनासामु ठुलो चुनौती खडा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण