जनयुद्धको सेल्टर रुकुमपूर्व ‘लावाङ’मा भुटेको मकै खाएर चुनावी अभियानमा प्रचण्ड, तस्बिरहरू
शुक्रबार, ०१ फागुन २०८२, ११ : ११
सारांश
- नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुमपूर्वको लावाङबाट चुनावी अभियान सुरु गरे।
- प्रचण्डले लावाङमा भुटेको मकै खाएर चुनावी अभियानको थालनी गरे।
- प्रचण्डले जनयुद्धकालीन समयको स्मरण गर्दै आफू बसेको घर र कोठाको भ्रमण गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन १० सशस्त्र जनयुद्धको सेल्टर मानिने रुकुमपूर्वको लावाङबाट चुनावी अभियान सुरु गरेका छन् ।
_HTHZkTBkwI.jpg)
प्रचण्डले स्थानी गाउँघरमा खाइने र रुचाइने भुटेको मकै खाएर चुनावी अभियान थालेका हुन् ।
_YVLD3HKsEF.jpg)
त्यसअघि प्रचण्ड जनयुद्धमा सेल्टर बनाएर भूमे गाउँपालिका–७ लावाङमा आफू बसेको घर, आफू बसेको कोठामा पुगेर भावुक हुँदै जनयुद्धकालीन समयको स्मरण गरेका छन् ।
_LuccIFE28b.jpg)
प्रचण्ड भूमे गाउँपालिका ७ लावाङमा पुग्दा स्थानीयले न्यानो मायासहित भव्य स्वागत गरेका छन् । संयोजक प्रचण्ड फागुन ६ गतेसम्म रुकुम पूर्वका गाउँबस्तीमा रहने उनको सचिवालयले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बनेका छन् ।
_RBy0MwVqqs.jpg)
_zOlUJVMhE6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण