निर्वाचनलाई भयरहित र धाँधलीरहित बनाउन आग्रह
काठमाडाैँ । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले आगामी निर्वाचनलाई भयरहित, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सरकारसँग माग गरेकी छन् । निर्वाचनका लागि अब केवल २० दिन मात्र बाँकी रहेको समयमा उनले निर्वाचनको पवित्रता र सदाचार कायम राख्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य भट्टले मुलुक अहिले निर्वाचनको संघारमा रहेको र यसलाई सफलतापूर्वक सम्पन्न गर्नु सरकारको मुख्य दायित्व भएको बताइन् । उनले निर्वाचन प्रक्रियामा कुनैपनि प्रकारको त्रास, भय वा असुरक्षाको वातावरण सृजना हुन नहुनेमा विशेष जोड दिइन्।
उनले अध्यक्षमार्फत सरकारलाई सम्बोधन गर्दै निर्वाचनलाई सदाचार नीति अनुरूप संयमताका साथ सम्पन्न गर्न सुझाव दिइन् । भट्टले निर्वाचनको निष्पक्षताले नै लोकतन्त्रको जग बलियो बनाउने भएकाले धाँधलीरहित प्रक्रिया सुनिश्चित गर्न राज्यका संयन्त्रहरू सक्रिय हुनुपर्ने धारणा राखिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण