‘नतिजामा एकरुपता र भावनात्मक स्थिरता आवश्यक छ’
काठमाडाैँ । मुलपानी र कीर्तिपुरको झल्को दिने गरी मुम्बईमा उर्लिएका हजारौँ नेपाली समर्थकहरूकाबिच नेपाल क्रिकेट संघका सचिव पारस खड्काले नेपाली टोलीको प्रदर्शन र भावी दिशाबारे विश्लेषण गरेका छन् ।
क्रिकेट संघका सचिव तथा पूर्व कप्तान पारस खड्काले इङ्ल्याण्डविरुद्धको उत्कृष्ट खेल र इटालीसँगको अप्रत्याशित हारपछि नेपाली क्रिकेटको भावनात्मक पक्ष र नतिजामा एकरुपताको विषयलाई विशेष जोड दिए।
विश्वकपको मञ्चमा इङ्ल्यान्डजस्तो दाबेदार टोलीसँग ४ रनले मात्र हार्दा पाएको वाहवाही र त्यसको केही दिनमै इटालीसँगको हारले नेपाली क्रिकेटमा ठूलो उतारचढाव देखाएको उनले बताए ।
“नेपाल क्रिकेटको समर्थक हुन सजिलो छैन । म आफैँ पनि पूर्व कप्तान हुँ र अहिले समर्थकका रुपमा हेर्दा म्याच हेर्न खेल्नुभन्दा धेरै गाह्रो हुने रहेछ । हामी भावनात्मक रुपमा धेरै ‘ड्रिभन’ छौँ।’ कन्सिस्टेन्सीः मुख्य चुनौती खड्काले सन् १९९६ देखि २०२४ सम्मको ३० वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको स्मरण गर्दै नेपालमा अझै बलियो क्रिकेट संरचना नभएको स्वीकार गरे ।
ड्काले समर्थकहरूलाई धैर्यता राख्न र टोलीको मनोबल बढाउन आग्रह गरे । गाली पनि मायाले नै आउने भन्दै उनले खेलाडीहरूलाई मेन्टल्ली अझ बलियो बनाउनुपर्ने बताए । ओडीआई स्टाटस बचाउन र नेपाली क्रिकेटलाई बलियो बनाउन संघले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण