कैलालीबाट लागुऔषधसहित २ जना पक्राउ
शनिबार, ०२ फागुन २०८२, ११ : ०२
सारांश
- कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा कञ्चनपुरका शम्भु भट्ट र बैतडीकी कविता भट्ट रहेका छन्।
- उनीहरूबाट खैरो हिरोइन, एयर गन, मोबाइल र नगद बरामद गरिएको छ।
काठमाडौँ । कैलाली प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागुऔषध ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार अत्तरिया राजमार्गस्थित मोहनपुर चोक सडक खण्डबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ६ बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडीको सिंगास गाउँपालिका– १ बस्ने २३ वर्षीया कविता भट्ट रहेका छन् । उनीहरूबाट ३३ ग्राम ७०० मिलिग्राम खैरो हिरोइन, १ थान एयर गन, २ थान मोबाइल र ६५ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण