मुम्बईमा एक्कासि भत्कियो निर्माणाधीन मेट्रो पिलर
काठमाडौंरमुम्बई। भारतको मुम्बईअन्तर्गत उत्तर–पूर्वी क्षेत्रमा पर्ने मुलुंड इलाकामा शनिबार निर्माणाधीन मेट्रो रेलको पिलरको एक हिस्सा अचानक भत्किँदा कम्तीमा चार जना घाइते भएका छन् ।
फायर ब्रिगेडका एक अधिकारीका अनुसार घटना दिउँसो भारतीय समयअनुसार करिब १२ः२० बजे मुलुंड (पश्चिम) स्थित एलबीएस रोडमा रहेको जनसन एन्ड जनसन कम्पनीको अगाडि भएको हो । निर्माणाधीन मुम्बई मेट्रोको लाइन–४ अन्तर्गतको पिलरबाट सिमेन्टको स्ल्याब खसेर तल गुडिरहेको अटोरिक्सामाथि परेको थियो ।
स्ल्याब खस्दा अटोरिक्सा पूर्ण रूपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ । घटनामा तीनदेखि चार जना घाइते भएको आशंका गरिएको छ । घाइतेहरूको अवस्था र परिचयबारे विस्तृत विवरण आउन बाँकी रहेको अधिकारीले जानकारी दिएका छन् ।
घटनालगत्तै मुम्बई फायर ब्रिगेड, प्रहरी, मेट्रो निर्माण कम्पनीका कर्मचारी, सम्बन्धित वडाका कर्मचारी तथा १०८ एम्बुलेन्स सेवा घटनास्थलमा पुगेका थिए । उद्धार तथा थप क्षति नियन्त्रणका लागि टोली परिचालन गरिएको छ ।
यस विषयमा बृहन्मुम्बई महानगरपालिकाले विज्ञप्ति जारी गर्दै निर्माणका क्रममा मेट्रो पिलरको एक भाग भत्किएर रिक्सामाथि खसेको पुष्टि गरेको छ । महानगरपालिकाले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण