बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइजलाई
सुनसरी । २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंले जितेको छ ।
साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि हात पार्न सफल भएको हो । जितसँगै बिजेता प्लानिङ ब्वाइजले १० लाख नगद रकम सहित ट्रफी हात पारेको छ । प्लानिङ ब्वाइज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो ।
उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ र ट्रफिमा चित बुझायो । चर्च ब्वाइजले गत वर्ष पनि उपविजेतमा चित बुझाउनुपरेको थियो । धरान–१६ स्थित रंगशालामा शनिबार सम्पन्न फाईनल खेलमा प्लानिङ ब्वाइजका प्रताप सिङ राइले खेलको दोश्रो हाफको १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने सोही गोल नै निर्णायक गोल बन्यो ।
खेलको उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइज युनाइटेडका पुजन थापालाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्लानिङ ब्वाइजको प्रताप सिङ राई भए, उनलाई एक थान होण्डा डियो स्कुटर प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण