मधानी महायज्ञ आजदेखि सुरु, पतौराधाममा शिव–पार्वतीको बरात यात्रा सम्पन्न
सारांश
- रौतहटको मौलापुरमा मधानी महायज्ञ सुरु भयो, जहाँ शिव–पार्वतीको विवाह उत्सव मनाइन्छ।
- मेयर रिना साहसहित नेपाल र भारतका भक्तजनको उपस्थितिमा शिवको बरात यात्रा निकालियो।
- यस महायज्ञको उद्देश्य पतौराधाम महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनु हो।
रौतहट । रौतहटको मौलापुर नगरपालिका–स्थित पतौराधाम महादेव मन्दिरमा मधानी महायज्ञ आजदेखि सुरु भएको छ। भगवान शिव–पार्वतीको विवाह उत्सवका रूपमा मनाइने यो महायज्ञ तीन दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित सञ्चालन हुने जनाइएको छ।
मौलापुर नगरपालिकाको आयोजनामा सुरु भएको महायज्ञअन्तर्गत पहिलो दिन शिव–पार्वतीको बरात यात्रा निकालिएको छ। पतौराधाममा प्रत्येक वर्ष भगवान शिवको बरात यात्रा निकाल्ने परम्परा रहेको छ।
बरात यात्रामा आजपा अध्यक्ष प्रभु साह, मौलापुर नगरपालिकाकी मेयर रिना साहसहित नेपाल र भारतका भक्तजनको सहभागिता थियो।
पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने संकल्पका साथ मधानी महायज्ञ आयोजना गरिएको मेयर साहले बताइन्। उनका अनुसार महायज्ञले धर्म–संस्कृतिको संरक्षणसँगै नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
“मधानी महायज्ञको आज पहिलो दिन हो। यहाँ विशेष पूजा गरिन्छ। भगवान शिवको बरात यात्रा यहाँ विशेष रूपमा मनाइन्छ। नेपाल र भारतका दर्शनार्थीको ठूलो सहभागिता रहने गर्छ,” उनले भनिन्।
प्रत्येक वर्ष शिव–पार्वतीको विवाह उत्सवका रूपमा मनाइने मधानी महायज्ञमा विभिन्न शिवमण्डलीबीच प्रतिस्पर्धात्मक प्रस्तुति, धार्मिक अनुष्ठान, सांस्कृतिक कार्यक्रम तथा अन्य गतिविधि हुने कार्यक्रम छ। बरात यात्रामा हात्ती, घोडालगायतका आकर्षणसमेत समावेश गरिएको थियो।
पतौरा महादेव मन्दिर क्षेत्रमा वर्षौँअघि शिवको मूर्ति फेला परेपछि पुरातत्व विभागले उत्खनन गरेको थियो। उत्खननका क्रममा ऐतिहासिक महत्वका मन्दिर तथा गुप्तकालीन संरचना र वस्तुहरू फेला परेका थिए। ती पुरातात्त्विक सम्पदाको संरक्षण गर्दै क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल भइरहेको जनाइएको छ।
मधानी महायज्ञमा नेपाल र भारतका लाखौँ दर्शनार्थी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमलाई लक्षित गरी आवश्यक शान्ति–सुरक्षा व्यवस्था मिलाइएको सुरक्षा निकायले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण