देश जेएनजीले होइन अपराधीले जलाएका हुन् : अध्यक्ष ओली
सारांश
- केपी शर्मा ओलीले जेएनजीको नाममा अपराधीहरूले देश जलाएको बताए।
- उनले शिक्षकहरूको माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई जिम्मा दिएको र वार्ताको लागि आह्वान गरेको पनि बताए।
- ओली झापाको दमकमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए।
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश जेएनजीको नाममा अपराधीले जलाएको बताएका छन् । आज झापाको दमक नगरपालिका–२ स्थित हिमालय उच्च माविमा नेपाल शिक्षक सङ्गठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सो धारणा राखेका हुन् ।
गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेएनजीले पुस्ताले नगरेको उनको दाबी छ । उनले अगाडी भने– ‘नेपाल शिक्षक सङ्गठन भनेजस्तै जेएनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसपैठ गरेर अपराधीले मुलुक जलाएका हुन् । शिक्षक विद्यार्थीले देश जलाएको होइन ।’
शिक्षकहरूको मागका विषयमा अध्यक्ष ओलीले भने– ‘म प्रधानमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाइएको थियो । मैले वार्तामा आउन पटक पटक शिक्षक सङ्गठनका प्रतिनिधिहरूलाई आह्वान पनि गरेको थिए । उहाँहरू आउनुभएन । सरकार र प्रधानमन्त्रीको विरोधमा मात्र उत्रनु थाल्नुभयो । सबै समस्या वार्ताबाट समाधान हुनसक्थ्यो ।’
उनले शिक्षकहरूको आन्दोलनमा फरक फरक माग आएको समेत बताए । अध्यक्ष ओलीले शिक्षकहरुका माग सम्बोधन गर्न शिक्षामन्त्रीलाई नै जिम्मा दिइएको बताए । उनले आन्दोलनमा कांग्रेस र माओवादी विचारमा आबद्ध शिक्षकहरूले लगातार सरकार र प्रधानमन्त्रीको मात्र विरोध गरिरहेकाले आन्दोलनले सही निकास दिन नसकेको प्रस्ट पारे ।
अध्यक्ष ओली चार दिनको काठमाडौँ बसाइपछि पुनः आज आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन् । अध्यक्ष ओलीले आजै दमकका तीन वटा कार्यक्रममा सहभागी हुने नेकपा एमाले झापा- ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण