टी–२० विश्वकपः दबाबमा भारत, लयमा फर्किँदै पाकिस्तान
कोलोम्बो । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी भारत–पाकिस्तान टी–२० खेलमा भारतले लगातार विकेट गुमाएपछि पाकिस्तान खेलमा मजबुत रूपमा फर्किएको छ ।
भारतका अलराउन्डर हार्दिक पाण्ड्या आज खाता नै नखोली आउट भएका छन् । उनी पहिलो बलमै सइम अयुबको बलमा बाबर आजमबाट क्याच आउट भएका हुन् । त्यसअघि तिलक बर्मा २४ बलमा २५ रन बनाएर एलबीडब्ल्यू धरापमा परेका थिए ।
आजका ओपनर अभिषेक शर्मा पनि चल्न सकेनन् । ४ बलको सामना गरेका उनी शून्यमै सल्मान अली आघाको बलमा शाहिन शाह अफ्रिदीबाट क्याच आउट भए ।
यद्यपि अर्का ओपनर इसन किशनले भने विस्फोटक पारी खेले । उनले ४० बलमा ७७ रन बनाउँदै भारतको इनिङ्स सम्हाल्ने प्रयास गरे ।
यसअघि पाकिस्तानले टस जितेर पहिले बलिङ रोजेको थियो । पाकिस्तानले खेलमा दबाब सिर्जना गरेको छ । यो समाचार तयार पार्दासम्म १६ ओभरको समाप्तिसँगै भारतले ४ विकेट गुमाउँदै १३६ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण