गैँडाकोट मेयर कपमा सुदूरपश्चिम सेमिफाइनलमा
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटमा जारी पाँचौँ गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको टोली सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टस जितेर पहिले बलिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभर खेल्दै छ विकेटको क्षतिमा १६० रनको योगफल तयार पारेको थियो । १६१ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशीले १९ दशमलव एक ओभर खेल्दै १० विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सफल भयो।
सुदूरपश्चिमको सेमिफाइनल यात्रका लागि आशिष तिरुवाले ४७ रनको योगदान दिए । तिरुवाले २८ बलमा चार छक्का र तीन चौका प्रहार गरेका थिए । सुदूरपश्चिमका लागि टेक रावतले २४ बलमा दुई छक्का र तीन चौकासहित ३८, कप्तान किरन ठगुन्नाले २४ बलमा अविजित रहँदै दुई छक्का र एक चौकासहित २८, लोकेन्द्र चन्दले २५ बलमा तीन चौकासहित २० रनको योगदान दिए ।
यस खेलमा कोशी प्रदेशका ज्ञानेन्द्र श्रेष्ठले दुई, श्रवन किस्कु, रोहन शाह, कृतिक कमातले एक÷एक विकेट लिए । कोशीका लागि कृतिक कमातले १७ बलमा एक छक्का र एक चौकासहित १९, गौरव कटवालले २५ बलमा एक छक्का र एक चौकासहित १८ रनको योगफल तयार पारे ।
कप्तान शाकिब हकले १९ बलमा १६, भूपाल दङ्गालले १८ बलमा १३ को योगदान दिँदा अन्य ब्याटरहरुले दोहोरो अङ्क जोड्न सकेनन् । कोशीलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका कैलाश ऐर, सौर्य श्रेष्ठ र लोकेन्द्र चन्दले दुई÷दुई विकेट लिए । आजको खेलमा सुदूरपश्चिमका आशिष तिरुवा ‘म्यान अफ दी म्याच’ घोषित भए । सुदूरपश्चिम प्रदेशले उपाधि भिडन्तमा स्थान सुरक्षित पार्न सोमबार मधेस प्रदेशसँग सेमिफाइनल खेल्नेछ ।
जिल्लाकै ठूलो धन राशिको राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सात प्रदेशबाट सात वटा तथा आयोजक एक गरी आठ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख तथा उपविजेताले रु दुई लाख पुरस्कार पाउनेछन् ।
आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाका अनुसार प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’ले रु २५ हजार तथा उत्कृष्ट ब्याटर, बलर, फिल्डर एवं किपरले रु १५ हजारका दरले पुरस्कार पाउने छन् ।
‘बेस्ट क्याच अफ दी टुर्नामेन्ट’ले रु १० हजार एवं प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’ले रु पाँच हजार र नवप्रतिभा खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कार प्रदान गरिने सापकोटाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण