भारतद्वारा पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य
कोलम्बो । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा जारी टी–२० विश्वकप अन्तर्गत भारतले पाकिस्तानविरुद्ध १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। भारतका लागि ओपनर इसन किशन नायक बने। उनले ४० बलमा ७७ रनको विस्फोटक पारी खेल्दै टोलीको इनिङ्स सम्हाले । अन्य ब्याटरले भने अपेक्षाकृत राम्रो प्रदर्शन गर्न सकेनन्।
कप्तान सूर्यकुमार यादवले २९ बलमा ३३ रन बनाएर केही समय इनिङ्स सम्हाले पनि लङ सर्ट प्रहार गर्ने क्रममा क्याच आउट भए । उनी उस्मान तारिकको बलमा आउट भए । तिलक बर्मा २४ बलमा २५ रन बनाएर एलबीडब्ल्यू धरापमा परे ।
ओपनर अभिषेक शर्मा ४ बलमा शून्यमै आउट भए। उनलाई सल्मान अली आघाको बलमा शाहिन शाह अफ्रिदीले क्याच लिए। अलराउन्डर हार्दिक पाण्ड्या पनि खाता नखोली पहिलो बलमै आउट भए। सइम अयुबको बलमा बाबर आजमले उनको क्याच समाते ।
पाकिस्तानका लागि सइम अयुबले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। सुरुवाती सफलतासँगै पाकिस्तानले खेलमा दबाब सिर्जना गरेको थियो । अन्तिम ओभरमा भारतले लगातार दुई विकेट गुमायो । शिवम दुबे रन आउट भए भने अन्तिम बल सामना गर्न आएका अक्षर पटेल पनि क्याच आउट भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण