जेलमा रहेका राजपाल यादवको फिल्मको पारिश्रमिक बढाइयो
सारांश
- निर्देशक प्रियदर्शनले चेक बाउन्स प्रकरणमा जेल परेका राजपाल यादवलाई सहयोग गर्ने घोषणा गरे।
- उनले आगामी फिल्ममा राजपाललाई सामान्यभन्दा बढी पारिश्रमिक दिन निर्मातालाई राजी गराएका छन्।
- राजपाल यादव आर्थिक संकटमा परेकाले उनलाई सहयोग गर्न यस्तो निर्णय लिइएको हो।
मुम्बई । बलिउडका चर्चित निर्देशक प्रियदर्शनले चेक बाउन्स प्रकरणमा तिहाड जेलमा रहेका अभिनेता राजपाल यादवलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले आफ्नो आगामी फिल्मका लागि राजपालको पारिश्रमिक सामान्यभन्दा बढी निर्धारण गर्न निर्माताहरूलाई राजी गराएका छन्।
प्रियदर्शनका अनुसार आर्थिक संकटमा फसेका राजपाललाई बचाउन र सहयोग पुऱ्याउन यस्तो कदम चालिएको हो। मिड-डेसँगको अन्तर्वार्तामा प्रियदर्शनले राजपाललाई २० वर्षदेखि चिनेको र उनी एक असल मानिस भएको बताएका छन्।
उनले राजपालको अवस्थाप्रति सहानुभूति प्रकट गर्दै भने, ‘मैले जुबली फिल्म्सका निर्माताहरूलाई राजपालको अवस्था हेरेर उनलाई सामान्यभन्दा बढी भुक्तानी गर्न आग्रह गरेँ र उनीहरू मानिसकेका छन्।’ प्रियदर्शनको आगामी फिल्ममा राजपाल पहिलो पटक भिलेनको भूमिकामा देखिनेछन्।
राजपाललाई आर्थिक ज्ञानको अभावमा यो समस्या परेको तर उनको नियत खराब नभएको प्रियदर्शनको दाबी छ। चेक बाउन्स मुद्दामा दोषी ठहरिएपछि राजपालले फेब्रुअरी ५ मा दिल्लीको तिहाड जेलमा आत्मसमर्पण गरेका थिए।
सन् २०१० मा फिल्म ‘अता पता लापता’ बनाउन ५ करोड ऋण लिएका उनले समयमा रकम तिर्न नसकेपछि मुद्दा परेको थियो। यद्यपि उनले हालसम्म ३ करोडभन्दा बढी रकम चुक्ता गरिसकेको उनका वकिलले अदालतमा जानकारी दिएका छन्। तर, पटक-पटक मौका दिँदा पनि सम्झौता पालना नगरेको भन्दै अदालतले उनलाई कडा फटकार लगाएको छ।
जेल जानुअघि राजपालले आफूसँग पैसा नभएको बताएका थिए। उनको यो अवस्था देखेपछि अभिनेता सोनू सूदले उद्योगका कलाकारहरूलाई सहयोगको अपिल गरेका थिए।
त्यसपछि सलमान खान, अजय देवगन र डेविड धवन जस्ता हस्तीहरूले उनलाई आर्थिक सहयोग गरेको खबर छ। आज फेब्रुअरी १६ मा उनको जमानत याचिकामाथि अदालतमा पुनः सुनुवाइ हुँदैछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण