ड्रोनबाट सुँगुर ओसार्ने किसानको अनौठो जुक्ति : बिजुलीको तारमा अड्किएपछि गाउँ नै अन्धकार
सारांश
- चीनका एक किसानले सुँगुरलाई ड्रोनमा राखेर वधशाला लैजाँदा बिजुलीको तारमा ठोक्किएर दुर्घटना भयो।
- दुर्घटनाका कारण सुँगुर घण्टौँसम्म हावामै झुण्डियो र सिचुआन गाउँमा विद्युत सेवा अवरुद्ध भयो।
- उडान निषेधित क्षेत्रमा ड्रोन उडाएको र क्षमताभन्दा बढी भार बोकेको आरोपमा किसानलाई कानुनी कारबाही गरियो।
सिचुवान । चीनका एक किसानले आफ्नो सुँगुरलाई वधशालासम्म पुऱ्याउन अपनाएको अनौठो र आधुनिक तरिका महँगो सावित भएको छ।
सुँगुरलाई ट्रकमा लोड गरेर लैजान झन्झटिलो र समय लाग्ने भएपछि उनले ठुलो रिमोट कन्ट्रोल ड्रोनमा बाँधेर उडाउने निर्णय गरे। तर, उनको यो योजना पूर्ण रूपमा सफल हुन सकेन।
ड्रोनको पहिलो उडानकै क्रममा भिजिबिलिटी कम भएका कारण उक्त ड्रोन उच्च भोल्टेजको बिजुलीको तारमा अड्किएको थियो। यसले गर्दा ड्रोनमा झुण्ड्याइएको सुँगुर घन्टौँसम्म हावामै रह्यो भने सिचुआनको एउटा सिङ्गो गाउँमा विद्युत सेवा अवरुद्ध भयो। तारमा अल्झिएको ड्रोन निकाल्न किसानले आफैँ प्रयास गरे पनि सफल नभएपछि अन्ततः विद्युत प्राधिकरणलाई गुहार्न बाध्य भए।
प्राधिकरणका १२ जना कर्मचारीलाई १० घन्टासम्मको मेहेनतपछि बिजुली पुनः सुचारु गर्न हम्मे–हम्मे परेको थियो। यस मर्मतका लागि झन्डै १० हजार युआन खर्च भएको अनुमान गरिएको छ।
ती किसानले पहाडी भूगोलमा गाडीबाट सुँगुर लैजान गाह्रो हुने भएकाले समय र पैसा बचाउन ड्रोनको प्रयोग गरेको बताए पनि उनी कानुनी कारबाहीबाट भने उम्किन पाएनन्।
अनुसन्धानका क्रममा उनले उडान निषेधित क्षेत्र मा ड्रोन उडाएको र ड्रोनको क्षमताभन्दा बढी भार लादेको पाइएकाले उनलाई दोषी ठहर गरिएको छ। पछिल्लो समय चीनका विकट पहाडी क्षेत्रहरूमा पशुचौपाया ओसार्न कृषि ड्रोनहरूको प्रयोग बढ्दै गए पनि यस्ता लापरबाहीले भने गम्भीर दुर्घटनाको जोखिम बढाएको छ।
Epic blackout in China caused by a pig flying on a drone
— NEXTA (@nexta_tv) February 6, 2026
A humorous incident occurred at the end of January. A farmer decided to use a drone to transport an animal across mountainous terrain, but the drone hit power lines.
As a result, the pig got stuck, and thousands of people… pic.twitter.com/ZOvl1mNreA
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण