शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

सोमबार, ०४ फागुन २०८२, १७ : ४७
सोमबार, ०४ फागुन २०८२

सारांश

  • प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा धर्मप्रसाद राई, निमा डोल्मा लामा, गोविन्द प्रसाद निरौला र सुरज श्रेष्ठ रहेका छन्।
  • उनीहरूले अस्ट्रिया, बेलायत, टर्की र रोमानिया पठाउने भन्दै रकम ठगी गरेको आरोप छ।

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँका विभिन्न स्थानबाट ४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका– ६ स्थायी ठेगाना भई हाल काठमाडौँको तार्केश्वर बस्ने धर्मप्रसाद राई, काठमाडौको तार्केश्वर नगरपालिका– ७ की निमा डोल्मा लामा, झापाको अर्जुनधारा नगरपालिका– ५ घर भई काठमाडौँको कागेश्वरी मनोहरा बस्ने गोविन्द प्रसाद निरौला, गोरखाको गण्डकी नगरपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने सुरज श्रेष्ठ रहेका छन् ।

राई, लामा, निरौला र श्रेष्ठले क्रमशः  अस्ट्रिया, बेलायत, टर्की र  रोमानिया वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

राईले पीडितबाट ५ लाख ८५ हजार, लामाले ५० लाख, निरौलाले २ लाख ३ हजार र श्रेष्ठले ७ लाख ५० हजार ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल पठाइएको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप