नेकपाकी केन्द्रीय सदस्य साउद पार्टीबाट निष्कासित
सोमबार, ०४ फागुन २०८२, २० : ५६
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)की केन्द्रीय समिति सदस्य मना कुमारी साउद(मिना)लाई पार्टीबाट निष्कासन गरिएको छ ।
केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले सोमबार विज्ञप्ति जारी गर्दै साउदलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका हुन् । पार्टी विधान विपरीत पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै उनलाई निष्कासन गरिएको हो ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण