यामल पेनाल्टीमा चुक्दा बार्सिलोना स्तब्ध, उपाधि होडमा रियललाई फाइदा
सारांश
- क्याटलान डर्बीमा जिरोनाले बार्सिलोनालाई २-१ ले हरायो, जसले गर्दा बार्सिलोनाले शीर्ष स्थान गुमायो।
- खेलको ८६औँ मिनेटमा फ्रान बेल्ट्रानको गोल निर्णायक बन्यो, र जिरोनाले रेलिगेसनको डर कम गर्यो।
- बार्सिलोनाका युवा स्टार लामिन यामलका लागि खेल निराशाजनक रह्यो, उनले पेनाल्टीमा गोल गर्न सकेनन्।
क्याम्प नाउ । क्याटलान डर्बीमा जिरोनासँग पराजित भएपछि बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा फर्कने सुवर्ण अवसर गुमाएको छ। उपाधि दाबेदार हान्सी फ्लिकको टोली बार्सिलोनालाई जिरोनाले उसको घरेलु मैदान एस्टाडियो मोन्टिलिभीमा स्तब्ध पारेको हो।
खेलको ८६औँ मिनेटमा वैकल्पिक खेलाडी फ्रान बेल्ट्रानले गोल गर्दै जिरोनालाई २–१ को रोमाञ्चक जित दिलाए। यो जितसँगै जिरोनाले रेलिगेसनको डरलाई केही कम गरेको छ भने बार्सिलोना चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा २ अङ्कले पछाडि परेको छ।
विवादास्पद अन्तिम गोलमा बार्सिलोनाका डिफेन्डर जुल्स कुन्डेलाई फउल गरिएको भन्दै पाहुना टोलीले विरोध गरे पनि भीएआरको चेकपछि गोलले मान्यता पाएको थियो। खेलको अन्त्यतिर जिरोना १० खेलाडीमा समेटिएको थियो।
लामिन यामलमाथि खतरनाक ट्याकल गरेपछि जोएल रोकाले रातो कार्ड पाएका थिए। तर, थपिएको समयमा बार्सिलोनाले त्यसको फाइदा उठाउन सकेन।
लामिन यामलका लागि बिर्सनलायक रात
बार्सिलोनाका युवा स्टार यामलका लागि यो खेल निराशाजनक रह्यो। उनले गोल गर्ने धेरै अवसर खेर फाले। पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीलाई उनले पोस्टमा प्रहार गरे।
बार्सिलोनाका लागि डिफेन्डर पाउ कुबार्सीले ५९औँ मिनेटमा हेडमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए, जुन उनको क्लबका लागि पहिलो लिग गोल पनि थियो। तर, बार्सिलोनाको खुसी लामो समय टिक्न सकेन। दुई मिनेटपछि नै थोमस लेमारले जिरोनाका लागि बराबरी गोल फर्काए। अन्ततः बेल्ट्रानको गोल नै निर्णायक बन्यो।
उपाधि होडमा धक्का
बार्सिलोनाको यो लगातार दोस्रो हार हो। यसअघि बिहीबार भएको कोपा डेल रेको सेमिफाइनलमा एथ्लेटिको म्याड्रिडसँग बार्सिलोना ४–० को भारी अन्तरले पराजित भएको थियो।
अर्कोतर्फ, यो जितले जिरोनालाई तालिकाको १२औँ स्थानमा पुर्याएको छ। अब शनिबार रियल म्याड्रिडले ओसासुनासँग खेल्नेछ। यदि रियलले उक्त खेल जितेमा बार्सिलोनासँगको दूरी ५ अंकको हुनेछ।
बार्सिलोनाले आफ्नो अर्को खेल आइतबार लेभान्टेसँग खेल्ने तालिका छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण