आज घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ।
- आज सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।
- चाँदीको मूल्य भने २५ रुपैयाँले बढेर ४ हजार ८८५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार (आज) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ८३० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ८८ रुपैयाँमा कारोबार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण