दुई वटा चोरीका स्कुटरसहित चार जना पक्राउ
सारांश
- प्रहरीले काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटरसहित चार जनालाई पक्राउ गरेको छ।
- कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित नियन्त्रणमा लिइएको हो।
- पक्राउ पर्नेमा सन्तोष विष्ट, धर्मेन्द्र खडायत, रबिन परियार र निर्मल परियार रहेका छन्।
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट चोरीका स्कुटरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित पक्राउ गरिएको हो।
गत फागुन २ गते कीर्तिपुर नगरपालिका–१० गुरुङ टोलबाट प्रहरी प्रभाग ट्याङलाफाँटको टोलीले २४ वर्षीय सन्तोष विष्ट र २२ वर्षीय धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको एनटर्क स्कुटरसहित समातेको थियो। कञ्चनपुर घर भई हाल शान्तिनगर बस्ने उनीहरूमाथि प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको छ।
त्यस्तै, फागुन ४ गते बुढानिलकण्ठ नगरपालिका–२ वासिक क्षेत्रमा चेकजाँचका क्रममा प्रहरी प्रभाग बुढानिलकण्ठले थप दुई जनालाई पक्राउ गरेको छ। भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियार पक्राउ परेका हुन्।
उदयपुर घर भई हाल कपन बस्ने उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण