पार्टी विरुद्ध सञ्चार माध्यमले गलत सूचना सम्प्रेषण गरेकोमा नेकपाको आपत्ति
सारांश
- नेकपाले निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
- पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको भन्दै नेकपाले आपत्ति जनाएको छ।
- नेकपाले सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न र प्रेस काउन्सिललाई अनुगमन गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले निर्वाचन आचारसंहिता उल्लंघनको गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पत्रकार सम्मेलन गरी नेकपाले ध्यानाकर्षण भएको जनाएको हो ।
केही सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्ने प्रयास भइरहेको बताएको छ । यस प्रकारका गतिविधिलाई लिएर नेकपाले कडा आपत्ति जनाएको छ ।
‘निर्वाचन आचारसंहिता उल्लङ्घन हुने विभिन्न प्रकारका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। केही सीमित सञ्चारमाध्यमहरू पत्रकारिताको न्यूनतम मान्यता र निर्वाचन आचारसंहिता विपरीत भ्रामक र गलत सूचना फैलाएर हाम्रो पार्टीलाई अवमूल्यन गर्ने प्रयासमा निरन्तर लागिरहेका छन्। यस प्रकारका गतिविधिप्रति हाम्रो पार्टी कडा आपत्ति जनाउँछ’,नेकपाले पत्रकार सम्मेलनमा भनेको छ ।
सबै सञ्चारमाध्यमलाई पत्रकारिताको मूल्यमान्यता, मर्यादा तथा नैतिकता पालना गर्न हुन र निर्वाचन आयोगद्वारा तोकिएको आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
साथै नेपाल प्रेस काउन्सिललाई समेत आचारसंहिताको निष्पक्ष रूपमा कडाइका साथ अनुगमन गर्न अपिल गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण