‘भागबण्डा’ को संस्कृतिले देश बर्बाद भयो : अध्यक्ष जोशी
सारांश
- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले कम्युनिष्ट आन्दोलन संकटमा परेको बताए।
- उनले नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गर्दै सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाए।
- अध्यक्ष जोशीले घनश्याम भुसालको नेतृत्वमा कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने बताए।
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष चन्द्रदेव जोशीले मुलुकको कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको भन्दै यसको आमूल पुनर्गठन अनिवार्य रहेको बताएका छन् । मंगलबार दलको घोषणापत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान राजनीतिक दलहरू केवल सत्ता र भागबण्डामा लिप्त भएको आरोप लगाउँदै इमान्दार र ‘घुस नखाने’हरूको नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरे । अध्यक्ष जोशीले विश्वव्यापी रूपमा घोषणापत्र जारी गर्ने प्रचलन भए पनि नेपालमा सत्तामा पुगेका दलहरूले आफ्ना प्रतिवद्धता र व्यवहारबिच कुनै तालमेल नराखेको टिप्पणी गरे । दीर्घकालीन लक्ष्यहरू पाँच वर्षमा पूरा नभए पनि सत्तामा पुगेको दिनदेखि नै सही दिशामा अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको उनले औँल्याए ।
नेपाली राजनीतिमा मौलाएको ‘भागबण्डा’को संस्कृतिले देशलाई बर्बादीतर्फ लगेको जोशीको ठहर छ । न्यायाधीश, मन्त्रीदेखि संवैधानिक निकायसम्म दलीय भागबण्डा हुनुले समाजको मनोविज्ञानलाई नै भ्रष्ट बनाएको उनले बताए । अध्यक्ष जोशीले नेता घनश्याम भुसालको नेतृत्वमा रहेको समूहसँग सहकार्य गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ सिराबाट अगाडि बढाउने उद्घोष गरे । उनले पार्टीले अब ‘घुस नखानेहरूको पार्टी निर्माण गरौँ’ भन्ने मूल नाराका साथ श्रमजीवी जनता र बुद्धिजीवीहरूको प्रतिनिधित्व गर्ने बताए ।
कम्युनिष्ट आन्दोलनलाई दलदलबाट निकालेर इमान्दारिता र जनताप्रतिको विश्वासको जगमा पुनर्गठन गर्ने उनको मुख्य कार्यसूची रहेको छ ।
अध्यक्ष जोशीले वर्तमान निर्वाचनलाई आफूले जनतालाई शिक्षित गर्ने अवसरका रूपमा लिएको बताए । राष्ट्रियताको रक्षा, आर्थिक समृद्धि र समाजवाद निर्माणका लागि इमान्दारिता र समर्पण नै पार्टीको आगामी दिशा हुने प्रतिवद्धता व्यक्त गर्दै उनले कम्युनिष्ट आन्दोलनको शुद्धीकरणका लागि घनश्याम भुसालको नेतृत्वलाई समर्थन गर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण