सोमपाल कामीको उत्कृष्ट बलिङ, नेपालसामु स्कटल्यान्डको मध्यम लक्ष्य
मुम्बई । टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डले नेपालसामु १७१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
निर्धारित २० ओभर खेल्दै स्कटल्यान्डले ७ विकेटको क्षतिमा १७० रन जोडेको हो ।
स्कटल्यान्डका लागि माइकल जोन्सले आक्रामक पारी खेले । उनले ४५ बलमा ७१ रन बनाउँदै टोलीलाई मजबुत अवस्थामा पुर्याएका थिए । तर उनको तुफानी इनिङ्सलाई सोमपाल कामीले बोल्ड गर्दै रोके । जर्ज मुन्सी २७ रनमा आउट भए । उनलाई कप्तान रोहित पौडेलको बलमा सन्दीप जोराले क्याच गरे ।
नेपालका लागि सोमपाल कामी उत्कृष्ट देखिए । उनले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । विशेषगरी १६औं ओभरमा उनले ब्रान्डन म्याकलन र माइकल जोन्सलाई लगातार आउट गर्दै खेलमा मोड ल्याए । टम ब्रुस पनि सोमपालकै सिकार बने । ब्रुसले ६ बलमा मात्र ५ रन बनाउन सके ।
स्कटल्यान्डका कप्तान रिकी ब्यारिङ्टन १० रनमा आउट भए । उनलाई कुशल भुर्तेलको बलमा सन्दीप जोराले क्याच गरे । यस्तै नन्दन यादवले म्याथु क्रसलाई ४ रनमै आउट गर्दै दोस्रो विकेट दिलाए । नन्दनले आज २ विकेट हात पारे ।
कुशल भुर्तेलले ४ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए । सन्दीप लामिछानेले ३ ओभरमा २९ रन दिए भने कप्तान रोहित पौडेलले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले ३ ओभरमा २३ रन खर्चिए ।
यसअघि नेपालले प्रतियोगितामा पहिलो पटक टस जित्दै बलिङ रोजेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण