सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ क्विन्टल गाँजासहित धनकुटाबाट दुई जना पक्राउ

बुधबार, ०६ फागुन २०८२, १३ : ०१
बुधबार, ०६ फागुन २०८२

सारांश

  • धनकुटाको साँगुरीगढीमा २०५ केजी गाँजासहित दुई जना पक्राउ परेका छन्।
  • प्रहरीले विशेष सूचनाको आधारमा जङ्गलमा लुकाएर राखेको गाँजा फेला पारेको थियो।
  • पक्राउ परेका व्यक्तिहरूमा ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन्।

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ गर्जुवास्थित जङ्गलबाट ठुलो परिमाणको लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र प्रहरी चौकी मुलघाटबाट खटिएको संयुक्त टोलीले २०५ केजी गाँजासहित स्थानीय दुई युवालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा फागुन ५ गते सो क्षेत्रमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सेतो प्लास्टिकका १० वटा बोरामा लुकाएर राखिएको गाँजा फेला पारेको थियो । पक्राउ पर्नेमा साँगुरीगढी–७ का ३३ वर्षीय प्रकाश राई र ३४ वर्षीय अशोक राई रहेका छन् । प्रहरीले जङ्गलको बाटो हुँदै गाँजा ओसारपसार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय धनकुटामा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यति ठुलो परिमाणको गाँजा कहाँ लैजान लागिएको थियो भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप